• १६ चैत २०८०, शुक्रबार

उपप्रधानमन्त्री श्रेष्ठ आज कतार जानुहुँदै

blog

काठमाडौँ, फागुन १९ गते । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कतारको दोहामा हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको नेतृत्व गर्दै सहभागी हुन त्यसतर्फ जानुहुने भएको छ।

आइतबारदेखि मङ्गलबारसम्म हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसअघि मन्त्री श्रेष्ठ अति कम विकसित मुलुक समूहको शिखर सम्मेलनमा सहभागी भई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। सो सम्मेलन समूहका अध्यक्ष मुलुक मलावीको संयोजकत्वमा शनिबार आयोजना हुँदै छ। सो सम्मेलनमार्फत नेपालले समूहको अध्यक्षता ग्रहण गर्दै छ। 

कतारको दोहामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको पूर्ण सत्रलाई उपप्रधानमन्त्री श्रेष्ठले सम्बोधन गर्नुका साथै विभिन्न देश तथा सङ्घ संस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची रहेको मन्त्रालयले जनाएको छ।

सो क्रममा उहाँले प्रवासी नेपाली आबद्ध सङ्घ संस्थाका प्रतिनिधिसँग पनि छुट्टै अन्तत्र्रिmया गर्नुहुनेछ। उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा रहने नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद डा. जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारका लागि नेपाली राजदूतलगायत अन्य उच्च अधिकारीहरूको सहभागिता रहनेछ।