• १६ चैत २०८०, शुक्रबार

गायक रमण र अस्मिताको ‘मुखै चिलाउनी’मा पुष्प र गीता

blog

काठमाडौं, फागुन १८ गते। गायक रमण रेग्मीको मुखै चिलाउनी बोलको गीतको भिडियो रिलिज गरिएको छ। गायक रमण र अस्मिता अधिकारीको स्वर रहेको मुखै चिलाउनीमा शब्द तथा संगीत संगीतकार दीपक शर्माको रहेको छ। 

नरेन्द्र बियोगीको एरेन्ज रहेको सार्वजनिक गीतमा पछिल्लो पुस्ताका चर्चित नायक तथा मोडल पुष्प खड्का र टिकटकबाट चर्चा कमाएकी मोडल गीत ढुंगानाको प्रेम र रोमान्स देख्न सकिन्छ। 

केशव राज भट्टको निर्देशनमा तयार  मुखै चिलाउनी रोमान्टिक प्रेम कहानी हो। 

गायक रमणका घर त लगनखेल रिमेक, खुला जमिन, मेसो पा छैन, हामी जनतालाई धेरै गाह्रो छ, नेपालै जाउँ जाउँ लाग्छ, लगायतका गीतका भिडियो बजारमा आइसकेका छन्। 

भिडियो उहाँकै अफिसियल युट्युब च्यानल रमण रेग्मीबाट बजारमा आएको हो।  भिडियोको निर्माण सबिना कुँवर रेग्मीले गर्नुभएको हो।