संविधानका लागि नेविसंघको दबाब

Nepal student unionकाठमाडौँ, वैशाख ६ गते । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले आफ्नो स्थापनाको ४५ औं वर्ष प्रवेशका अवसरमा आज यहाँ साइकल ¥यालीको आयोजना गरी संविधान र विकासका लागि दबाब दिएको छ । 

स्थानीय भृकृटीमण्डपबाट सुरु भएको सो ¥यालीको उद्घाटन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेविसंघ आन्दोलनबाटै जन्मिएको संस्था भएकाले लोकतान्त्रिक आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न चाँडो नयाँ संविधान जारी गराउने अभियानमा भूमिका निर्वाह गर्न सङ्घलाई आग्रह गर्नुभयो ।
लोकतान्त्रिक आन्दोलनमा सङ्घले अग्रणी भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँले त्यही जोसका साथ संविधान प्राप्तिका लागि भूमिका निर्वाह हुनुपर्नेमा जोड दिनुभयो ।

सङ्घका अध्यक्ष रञ्जित कर्णले संविधानका लागि अब धेरै समय कुर्न नसकिने भएकाले चाँडो संविधान ल्याउन दबाब दिन आवश्यक परेमा सङ्घ पुनः सडकमा आउन तयार रहेको बताउनुभयो ।

‘स्वच्छ सहर हाम्रो रहर’ भन्ने नाराका साथ गरिएको सो ¥याली भृकुटीमण्डप, भद्रकाली, रत्नपार्क हुँदै पुनः सोही स्थानमा पुगी समापन भएको थियो । विसं।
२०२७ वैशाख ६ गते स्वयम्भू सत्तलमा नेता कृष्णप्रसाद भट्टराईलगायतको पहलमा विपीन कोइरालाको सभापतित्वमा सङ्घको स्थापना भएको थियो । आन्तरिक विवादका कारण आठ वर्षदेखि सङ्घको महाधिवेशन हुन सकेको छैन । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना