• १६ चैत २०८०, शुक्रबार

रामप्रसाद राईका बारेमा थप अध्ययन आवश्यक : सभामुख घिमिरे

blog

रामप्रसाद राईको ११४ औं जन्मजयन्तीका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरे ।

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १८ गते । सभामुख देवराज घिमिरेले प्रजातान्त्रिक योद्धा रामप्रसाद राईबारे थप खोजी, अध्ययन र अनुसन्धान आवश्यक रहेको बताउनुभएको छ । रामप्रसाद राईको ११४ औँ जन्मजयन्तीका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले तथ्यपरक र खोजमूलक अनुसन्धान गर्न आग्रह गर्नुभयो ।


‘रामप्रसाद राईको योगदानका बारेको यथार्थपरक इतिहास आउन सकेको छैन’ उहाँले भन्नुभयो, ‘तथ्यपरक, खोजमूलक अनुसन्धानका लागि अध्येता लागिरहनुभएको छ, त्यस्ता लिखत, कृति प्रकाशन गर्न आवश्यक छ ।’

रामप्रसाद राई प्रतिष्ठान लगायतका कतिपय संस्था र व्यक्तिहरूले राईलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान गरियोस् भन्ने मागमा आफ्नो सकारात्मक पहल रहने सभामुख घिमिरेको  भनाइ छ । उहाँले रामप्रसाद राईलगायतका शहीदहरूको चाहनाअनुसार व्यवस्थामा परिवर्तन भए पनि अझै अवस्थामा परिवर्तन हुन नसकेको चर्चा गर्नुभयो । 


सभामुख घिमिरेले रामप्रसाद राईको योगदानलाई सजीव रूपमा प्रस्तुत गर्न नाटक मञ्चन हुन लागेको खबरले आफूलाई खुसी तुल्याएको बताउनुभयो । कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईलगायतले रामप्रसाद राईको ऐतिहासिक योगदानबारे चर्चा गर्नुभयो ।