• ४ वैशाख २०८१, मङ्गलबार

बढ्यो सुनको मूल्य

blog

काठमाडौँ,  फागुन   १८ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार छ सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख एक हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय ७०  कायम रहेको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । रासस