• ८ वैशाख २०८१, शनिबार

होली पर्व किन मनाइन्छ ?

blog

होली पर्व हिन्दुधर्मावलम्बीहरुले मनाउने गर्छन् । यो पर्व  विशेषत भारत र नेपालमा मनाईने गरिन्छ । यो पवर्मा विभिन्न रङ्गहरु एक अर्कालाई लगाउने र खुसीयाली साटासाट गरेर्र रमाइलो गरी मनाईन्छ ।  यसलाई रङ्गहरुको पर्व पनि भनिन्छ । एक आपसमा भएका शत्रुता भुलेर खुसीयाली मनाउँदै रङ्गहरु छ्यापाछ्याप गरेर होली मनाउने प्रचलन छ ।  

होली किन मनाइन्छ ? 

यो पर्व मनाउनुको मुख्य कारणमा दानवता माथी मानवताको विजय भएको खुसीयालीमा हो । त्रेता युगमा एकजना राक्षसी प्रवृत्तिका ब्यक्ति थिए । उनको नाम हिरण्यकशिपु थियो । उनले ब्रम्हा भगवानको कठोर तपस्या गरेका थिए । तपस्याबाट भगवान् अतिनै खुसी भएर बरदान माग्न भने । उनले यस्तो बरदान मागे की उनीलाई कसैले पनि मार्न नसकुन् । 

उनको मृत्यु बिहान, राती, बाहिर भित्र, जनावर, मानिसले वा देवताको हातबाट नहोस् । अस्त सस्त्रबाट पनि मृत्यु नहोस् । यस्तो अच्चमको बरदान् माग्दा भगवानलाई अनौठो त लाग्यो होला तर उनको कठीन तपस्याका कारण ब्रम्हाले बरदान त्यस्तै दिए । 

जव बरदान पाए, त्यसपछि हिरण्यकशिपुले आफूलाई नै भगवान् मान्न थाले । अरुमाथी अन्याय, अत्याचार गर्ने क्रम जारी राखे । पिता खराब प्रबृत्तिको भएतापनि उनका छोरा प्रल्लाहद भगवान् विष्णुका सबैभन्दा ठुला भक्त बन्न पुगे । 

आसुरी वा राक्षसी प्रवृत्तिको पिताले छोरालाई आफ्नै सबैभन्दा शक्तिशाली भएकाले आफ्नै पूजा गर्न भने । तर छोरा प्रल्हादले मानेनन् । पटक—पटक धम्क्याउँदा पनि छोराले भगवान् विण्णुप्रतिको अगाध श्रद्धा कायमै राखेका कारण हिरण्यकशिपुले प्रल्हादलाई मार्ने योजना बनाए । 

जसका लागि बहिनी होलिकालाई अनुरोध गरे । होलिकाले उनका दाजुको आग्रह अनुसार बालक प्रल्हादलाई लगेर आगोमा भष्म पार्न लाग्दा उनी आफै जलेर खरानी भईन् तर बालक सकुशल रहे । 

होलिका दहन भएको दिनको सम्झनास्वरुप मनाईने भएका कारण यो दिनमा होलिकाको दहन गर्ने चलन पनि छ । यहि मान्यता अनुसार फागु पूर्णिमाका रुपमा होली पर्व मनाईन्छ । 

हिरण्यकशिकपुको अत्याचार बढ्न थालेपनि स्वयं विष्णु भगवान्ले नरसिंह अवतार लिएर उनलाई मार्नु परेको थियो । यो अवतार भनेको आधा मानिस र आधा सिंहको हो । हाम्रा पर्वहरुले हामीलाई केही न केही सकारात्मक सन्देश दिएका हुन्छन् । यो पर्वले पनि घमण्ड र नकारात्मक स्वभावलाई होइन नम्रता र असल कर्म गर्न सिकाएको छ । 

हामीले यो संसारमा जन्म लिईसकेपछि गलत होईन सत्कर्मलाई लिनुपर्छ । विद्यालयमा अध्ययनरत हामी विद्याथीले सबै साथीहरुसँग मिल्नुपर्छ र गुरुहरु र आफूभन्दा ठूलालाई सम्मान र सानालाई मायाँ गर्दै अनुशासनमा रहेर आफ्नो अध्ययनलाई अगाडि बढाउनुपर्छ भन्ने सन्देश मिलेको छ । होली पर्वले सबैमा उमंग र खुसीयाली ल्याउन सकोस् ।