• १३ वैशाख २०८१, बिहिबार

धनभन्दा विद्या ठूलो

blog

धेरै वर्षअगाडि एउटा गाउँमा शिखर भन्ने ८ कक्षामा पढ्ने केटो आफ्नो आमा, बुवा र भाइसँग बस्थ्यो । एक दिन उ विद्यालयबाट आएपछि आफ्नो साथीहरूसँग खेल्न गयो । राति उ घर आइपुग्यो । भाइले उसलाई सोध्छ हजुरको कुनै गृहकार्य छैन ? केही पढ्नु छैन तर उ केही नबोली खाना खाएर सुत्छ । बिहान पनि भाइले उसलाई सोध्छ हजुरको केही गृहकार्य छैन ?

उसले भाइलाई भन्छ तिमी मलाई बारम्बार एउटै प्रश्न नसोध । मसँग जति भए पनि पैसा धन छ । त्यही भएर मलाई विद्याको केही काम छैन भनेर उसले भाइलाई भन्छ । भाइले उसलाई भन्छ काम छ । धनभन्दा विद्या ठूलो हो भन्ने हजुरलाई थाहा छैन किनभने धन भनेको चोरी हुन सक्छ चोरले चोर्न सक्छ तर विद्यालाई कसैले चोर्न सक्दैन र विद्या भएपछि धन सधैँभरि हुन्छ त्यसैले धनभन्दा विद्या ठूलो हो ।