• १३ वैशाख २०८१, बिहिबार

‘एउटा सपनाको अवसान’ चैतमा

blog

काठमाडौँ, फागुन १८ गते । नाटक ‘एउटा सपनाको अवसान’ आगामी चैत १० गतेदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ । विश्वप्रसिद्ध नाटक ‘डेथ अफ अ सेल्सम्यान’को नेपाली रूपान्तरण रहेको नाटकलाई अनुप बरालले निर्देशन गर्दै हुनुहुन्छ । 

आत्महत्यामाथि बनेको नाटकको उद्देश्य कसैलाई उक्साउनु नभई, भौतिकवादी समाजको कठोर वास्तविक चित्रण गरी युवा दर्शकलाई सकारात्मक, रचनात्मक र अहिंसात्मक प्रतिक्रिया व्यक्त गर्न प्रोत्साहित गरोस् भन्ने हो । 

नाटकको विषयवस्तुमा नेपाली सन्दर्भअनुसारको विविध कुरा जस्तै आर्थिक प्रणालीको भूमिका, नेपालमा गरिखाने वर्गको अवस्था र तिनीहरूका साझा सपनामाथि बहस र छलफल थालनी हो । 

आर्थर मिलरद्वारा लिखितयो वियोगान्त नाटकलाई सन् १९४० को दशकको उत्तराद्र्धतिरको समयमा सेट गरिएको छ । नाटकलाई केही समालोचकले २०औँ शताब्दीको महान् नाटकमध्ये मान्छन् । 

आफ्नै भाषा र शैलीमा अनुवाद गरी विभिन्न देशमा, विभिन्न समयमा संसारभर मञ्चन गरिएको छ । साथै यो नाटकमाथि चलचित्र पनि बनेको छ ।

नाटकमा दिया मास्के, रोयदीप श्रेष्ठ, दिव्यदेव, विकास जोशी, शेखर चापागाईं र मेनुका प्रधानको शीर्ष भूमिका रहने बताइएको छ ।