• १६ चैत २०८०, शुक्रबार

राष्ट्रपतिको निर्वाचन तयारीका लागि आठ दलका सांसदलाई अभिमुखीकरण

blog

काठमाडौं, फागुन १७ गते । नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रममा बोलाइएको छ । 

बिहीबार दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा अभिमुखीकरण कार्यक्रम हुन लागेको हो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेससहित सबै दलका सांसदलाई अभिमुखीकरण कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ । 

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । 

आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिनुभएको छ । उता नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिनुभएको छ ।