६ तलासम्मको उचाइमा भवन निर्माण इजाजत प्रदान गर्ने तयारी

six

गोरखापत्र समाचारदाता-
काठमाडौँ, असार ४ गते । काठमाडौँ महानगरपालिकाले व्यापारिक उपक्षेत्र तोकेको ठाउँमा सडक किनारमा ६ तलासम्मको उचाइमा भवन निर्माण इजाजत प्रदान गर्ने तयारी गरेको छ । यसैका लागि साउन १ गतेदेखि नयाँ भवन निर्माण मापदण्ड लागूको तयारीमा महानगरपालिका छ । महानगरपालिकाले महानगरका सडक किनारका भवनको उचाइमा एकरुपता ल्याउन यो नयाँ मापदण्ड तयार हुन लागेको हो ।
महानगरपालिकाका निर्देशक नवराज ढकालका अनुसार महानगरपालिकाले अव एक पटकका लागि स्वीकृत नक्सा भन्दा बढी तला थप भएका तर यसरी थप भएको तला पनि मापदण्डभित्र नै पर्ने देखिएमा एकपटकका लागि यस्ता भवनको नक्सा नियमन समेत गर्ने  छ ।
अब हुने नयाँ मापदण्ड कस्तो बनाउने भन्ने विषयमा महानगरपालिका भवन निर्माण इजाजत विभाग अन्तर्गत विभिन्न समितिले खाका तयार गरिरहेको निर्देशक ढकाल बताउनुहुन्छ । काठमाडौँ महानगरपालिका भित्र बनेका भवन घरहरू मध्ये ६० प्रतिशत मापदण्ड विपरीत रहेको अनुमान महानगरपालिकाको छ ।
तीन तलाको नक्सा पास छ तर चार तलाको भवन निर्माण भएको छ यसो भएपनि  चारतला थप गर्न मापदण्ड पुगेको रहेछ भने यस्ता भवनलाई नियमन गर्ने व्यवस्था गरिएको छ, उहाँका अनुसार यो अवसर एकपटकका लागि मात्र हो  ।
निर्देशक पौडेलका अनुसार २०७४ साल असार ३० गतेको पहिलो नगर सभाले चालु मापदण्ड अवैज्ञानिक भयो भन्ने विषय उठान गर्दै नयाँ मापदण्ड तयार गर्न अनुमति दिए बमोजिम अव नयाँ मापदण्ड लागू हुने अवस्थामा रहेको छ ।
 स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले मापदण्ड अनुरुप भए तेव्वर दस्तुर लिएर नियमन गर्ने र मापदण्ड विपरीतका घर भत्काउने भन्ने व्यवस्था भएकोले दस्तुर तिरेर नियमन गर्न सकिने व्यवस्था एकपटकलाइ मात्र दिइएको छ ।
 निर्देशक पौडेलका अनुसार अव जरिवाना तिरेर मापदण्ड विपरीत चुलिएका भवनको नक्सा स्वीकृति गर्ने दिन गएका छन् । व्यापारिक उपक्षेत्रका भवनबाट भने मनग्य राजस्व सङ्कलनको अवसरको खोजी  र सहरको सौन्दर्यतालाई पनि महानगरपालिकाले एकरुपता कायम गर्न खोजेको भवन निर्माण इजाजत विभागले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना