• १६ चैत २०८०, शुक्रबार

दुई तिहाइ सदस्यको विश्वासको मत पाउने मुख्यमन्त्री शाहको दाबी

blog

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह आफ्नो कार्यकक्षमा । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, फागुन १५ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूलाई दुईतिहाइ प्रदेश सभा सदस्यले विश्वासको मत दिने विश्वास व्यक्त गर्नुभएको छ । 

विश्वासको मत लिने तयारी गरिरहनु भएका मुख्मन्त्री शाहले सोमबार गोरखापत्रसँग कुराकानी गर्दे आफूलाई नेपाली कांग्रेसका १९, नेकपा (माओवादी) केन्द्रका १०, नागरिक उन्मुक्तीका सात, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्रका एक जना प्रदेश सदस्य गरी ४१ जनाले विश्वासको मत दिने बताउनुभयो ।  

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ र दुईतिहाइका लागि ३७ मत आवश्यक पर्छ । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तीको समेत पछिल्लो पटक बनेको नयाँ गठवन्धनमा सामेल भएपछि दुईतिहाइ मत पाउने विश्वास गर्नुभएको हो । 

मुख्यमन्त्री शाहले आफूलाई फागुन २२ गते भित्रै विश्वासको मत लिने गरेर वातावरण बनाइ दिन शिर्ष नेताहरुसँग आग्रह गरेको जानकारी दिनुभयो । 

उहाँले विश्वासको मत पाएपछि मन्त्रीमण्डल विस्तार हुने पनि बताउनुभयो । अहिले सुदूरपश्चिम सरकारसँग तीन सदस्यीय मन्त्रिपरिषद छ ।