• १२ वैशाख २०८१, बुधबार

जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गरिने

blog

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । फायल तस्बिर

काठमाडौं, फागुन १५ गते ।  नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले जनयुद्ध र जनआन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । 

बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिनुभएको हो । 

यससम्बन्धी विस्तृत विवरण भने मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्न आयोजना हुने नियमित पत्रकार सम्मेलन सार्वजनिक गरिने छ । नेपालमा २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध र २०६२–६३ सालको जनआन्दोलनमा शाहदात प्राप्त गरेका सहिदहरूको विवरणलाई सरकारले राजपत्रमा प्रकाशित गर्न लागेको हो ।