• ४ वैशाख २०८१, मङ्गलबार

लडेर एक व्यक्तिको मृत्यु

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा एक जना व्यक्तिको लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका –१० फुरुम्बुका ६१ वर्षीय पृथ्वीबहादुर लिम्बूको लडेर मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घर नजिकै लडेर उहाँको मृत्यु भएको हो । घरदेखि बाहिर निस्कनुभएका लिम्बूको आइतबार बाटो हिड्ने क्रममा लडेर मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

मृतक लिम्बूको सोमबार जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरी शव आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।