• ११ वैशाख २०८१, मङ्गलबार

इराकमा आईएसका १७ आतङ्ककारी मारिए

blog

बगदाद, फागुन १५ गते । इराकमा यहाँको सुरक्षा फौजको कारबाहीमा परी आईएस आतङ्ककारी समूहका कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ । अधिकारीहरूले दिएको जानकारीअनुसार इराकको पश्चिमी प्रान्त अन्बरको अकसात क्षेत्रमा ती आतङ्ककारी मारिएका हुन् ।

इराकी सेनाका प्रवक्ता याहिया रोसलले दिएको जानकारीअनुसार यहाँका कतिपय क्षेत्रमा आईएसले पछिल्लो समयमा आतङ्क मच्चाएकाले उनीहरूका विरुद्धमा सेनाले कारबाही अघि सारेको छ । सो कारबाहीमा परेर आइतबार आईएस समूहका एकजना कमाण्डरसहित १७ जनाको ज्यान गएको प्रवक्ता रोसलले जानकारी दिनुभएको हो ।

प्रवक्ता रोसलले गएका केही महिना यतादेखि यहाँको सेनाले उक्त अन्बर प्रान्तमा सशक्त कारबाही गर्दै आएको छ । सो प्रान्तमा यहाँका आईएस समूहले सुरक्षा फौज तथा सरकारी कार्यालयमाथि नै आक्रमण गर्ने गरेकाले सो कारबाही अघि बढाइएको हो ।

इराकको सेनाले सन् २०१७ मा आईएसका विरुद्धमा व्यापक कारबाही गरी देशका सबै भूभाग आफ्नो नियन्त्रणमा लिएको थियो ।त्यसपछि यहाँ शान्तिसुरक्षाको राम्रो अवस्था रहेको भए पनि कतिपय स्थानमा अहिले पनि आईएसले आतङ्ककारी गतिविधिलाई निरन्तरता दिने गरेका छन् । रासस/सिन्हवा