• १५ चैत २०८०, बिहिबार

डडेल्धुरामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

blog

परशुराम नगरपालिका –३ मट्यौलामा परेको जिप । तस्बिरः सामाजिक सञ्जाल

पुष्कर भण्डारी

डडेल्धुरा, फागुन १५ गते । डडेल्धुराको परशुराम नगरपालिकामा आज सोमबार जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

कञ्चनपुरको दैजीबाट डडेल्धुराको भागेश्वर गाउँपालिकाको रुपालतर्फ आउँदै गरेको म १ ज २३८ नम्बरको जिप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका –२ का ५० वर्षीय वासुदेवी तिरुवाको मृत्यु भएको छ । चालकसहित ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

ग्रामीण कच्ची सडकको परशुराम नगरपालिका –३ मट्यौलामा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताउनुभयो । उहाँका अनुसार जिप सडकमा पल्टिएको थियो । जिपमा चालकसहित ११ जना यात्रु सवार रहेका थिए । 

जिप पछाडि गर्नेक्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनास्थल परशुराम नगरपालिका मुकाम जोगबुडा लालढुङ्गाबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ । लालढुङ्गा बजारमा इलाका प्रहरी कार्यालय रहेको छ । इलाका प्रहरी कार्यालयबाट उद्धारमा खटिएको टोलीले प्रारम्भिक जानकारी दिएको डिएसपी भट्टले बताउनुभयो । घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।