• १३ वैशाख २०८१, बिहिबार

फिल्म 'बहाव' को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, फागुन १५ गते । अभिनेत्री सुरक्षा पन्त अभिनीत फिल्म 'बहाव' को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सुरक्षा पन्तलाई सुरक्षा विद्रोही पात्रको रूपमा देख्न सकिन्छ ।

प्रमोद कँडेलको लेखन तथा निर्देशन र श्रीधर पौडेलले निर्माण रहेको फिल्मको विषयवस्तु जिज्ञासा, विचार र यथार्थमा आधारित छ । फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, हीरालाल कँडेल, श्वरी सिंह, पवन श्रेष्ठलगायत कलाकारको अभिनय छ । 

कार्तिकेय स्मिता कर्नाटकले छायाङ्कन गर्नुभएको यस फिल्मलाई सुजन बडालले सम्पादन गर्नुभएको हो । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म आगामी चैत २४ गतेबाट प्रदर्शन हुने तयारीमा छ ।