• ७ वैशाख २०८१, शुक्रबार

मंगल स्पार्टस् फेस्टामा १३ विधामा प्रतिस्पर्धा हुँदै

blog

मंगल स्पार्टस् फेस्टामा भलिबल प्रतियाेगिता हुँदै ।

काठमाडौँ, फागुन १५ गते । मंगल बहुमुखी क्याम्पस र मंगल माध्यमिक विद्यालयको चारदिने स्पार्टस् फेस्टा आइतबार सुरु भएको छ । 

क्याम्पस प्रमुख तथा नेपाल खो खो सङ्घका केन्द्रीय उपाध्यक्ष प्रदीप महर्जनले रेफ्री नगेन्द्र महर्जनलाई र विद्यालयका प्रधानाध्यापक लोकलाल महर्जनले रेफ्री महेन्द्र महर्जनलाई खेलकुद सामग्री हस्तान्तरण गर्नुहुँदै फेस्टा सुरु भएको हो ।

शिक्षालाई जीवन र खेलकुदसँग एकाकार गरेर मित्रता, लगनशीलता र अनुशासन सिकाउन हरेक वर्ष खेलकुद प्रतियोगिता आयोजना हुन आवश्यक रहेको त्रिभुवन विश्वविद्यालयका केन्द्रीय शिक्षा विभागका उपप्राध्यापक तथा मंगल बहुमुखी क्याम्पसका संयोजक डा. सिद्धिबहादुर महर्जनले जानकारी दिनुभयो ।

सो फेस्टामा कक्षा ११ देखि स्नातकतक (बीबीएस र बीएड)का महिला भलिबल, टेबुलटेनिस, फुटसल, भलिबल, बास्केटबल, क्रस कन्ट्री, लगं जम्प, सटपुटलगायत १३ वटा विधामा प्रतिस्पर्धा हुने ईसीएका संयोजक दिलीप महर्जनले जानकारी दिनुभयो ।