• १५ चैत २०८०, बिहिबार

बार्सिलोनालाई अल्मेरियको झट्का

blog

बार्सिलोनाविरुद्ध गोल गरेपछि अल्मेरियाका इएल विलाल टोउरे । तस्बिर : एएफपी

काठमाडौं, फागन १५ गते । स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनालाई अल्मेरियाको नमिठो झट्का लागेको  ।

शीर्षस्थानमा रहेको बार्सिलोना आइतबार राति भएको खेलमा अल्मेरियासँग १–० गोलले पराजित भयो ।बार्सिलोनालाई हराउन अल्मेरियाका इएल विलाल टोउरेले गोल गर्नुभयो ।

टोउरेलेले २४औं मिनेटमा लुई स्वारेजको पासमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । दोस्रो हाफमा राम्रो प्रदर्शन गरेपनि गोल फर्काउन सकेन ।

हारसँगै बार्सिलोनाले शीर्षस्थान थप बलियो बनाउने मौका गुमायो । शीर्षस्थानमा रहेको बार्सिलोनाको २३ खेलबाट  ५९ अंक छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा सात अंकले अगाडि छ ।

बार्सिलोनालाई हराएको अल्मेरिया २५ अंकसहित १५औं स्थानमा छ । अन्य खेलमा ओसासुनाले सेभियालाई ३-२, सेल्टा भिगोले रियल भालाडोलिडलाई ३-० र गिरोनाले एथ्लेटिक बिल्बाओलाई ३-२ गोलले पराजित गरेको छ । एजेन्सी