• ५ वैशाख २०८१, बुधबार

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

blog

काठमाडौं, फागुन १४ गते । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो ।

यता सन्दीपले भने आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिनुभएको थियो । दुवै मुद्दामाथि आइतबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडाँलको इजलासमा सुनुवाइ गरिएको थियो ।

आइतबार सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । यस मुद्दाको सुनुवाइ सामेबार यही इजलासमा हुने पनि पौडेलले बताउनुभयो ।

सन्दीपविरुद्ध नाबालिग बलात्कार मुद्दा अहिले काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।