• १४ वैशाख २०८१, शुक्रबार

जनकपुरधाममा गेट खस्दा तीन वर्षीय बालकको मृत्यु

blog

लक्ष्मी चौधरी 

जनकपुरधाम, फागुन १३ गते । जनकपुरधामको एक घरको फलामे गेट अचानक खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का आलम राइनका ३ वर्षीय छोरा अलि हुसैनको मृत्यु भएको हो । 

बालक सडकमा खेलिरहेको बेला बाबा पेट्रोल पम्पका सञ्चालक विष्णुदेव साहको घरको फलामे गेट खसेको थियो । शुक्रबार साहको घरको फलामे गेट सडकतर्फ खस्दा किचिएर बालक अलिको मृत्यु भएको धनुषा जिल्ला प्रहरीले जनाएको छ ।

यता, मृतक बालकका परिवारले विष्णुदेव साहकी बुहारी सोनमले दुस्मनीका कारण अलिको शरीरमाथि जानेर गेट खसालेको आरोप लगाएका छन् ।

मृतक बालकका आफन्त आक्रोशित हुँदै साहको घर तोडफोड गर्ने प्रयाससमेत गरेका थिए । त्यहाँ प्रहरी परिचालनपछि अवस्था सामान्य भएको थियो । उक्त घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।