थापाको स्पष्ट, दृढ इच्छाशक्ति र सन्तुलित व्यवहार सदाका लागि स्मरणीय छ- राष्ट्रपति

Ram Baran Yadav_1काठमाडौँ, ४ वैशाख । राष्ट्रपति डा रामवरण यादवले पटक पटक नेपालको प्रधानमन्त्रीमा रही राष्ट्रको गहन जिम्मेवारी बहन गर्नुभएका कुशल एवम् अनुभवी राजनीतिज्ञ थापाको निधनबाट सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको हाम्रो मुलुकका लागि ठूलो क्षति पुगेको बताउनुभएको छ ।

राष्ट्रपतिले आफ्नो सम्पूर्ण जीवन मुलुकको राजनीतिमा समर्पण गर्नुभएका थापाको समन्वयकारी भूमिका, स्पष्ट राजनीतिक दृष्टिकोण, दृढ इच्छाशक्ति र सन्तुलित व्यवहार सदाका लागि स्मरणीय रहने आफ्नो समवेदना सन्देशमा उल्लेख गर्नुभएको छ ।



नेता थापाको निधनप्रति दुःख व्यक्त गर्र्दै उहाँले थापाको दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले आफ्ना सबल अभिभावक गुमाएका थापाका शोकसन्तप्त परिवारजन र स्वजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै उहाँहरुप्रति समवेदना पनि प्रकट गर्नुभएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना