पूर्व प्रम थापालाई श्रद्धाञ्जलि व्यक्त गर्न आफन्तको घुइँचो

surya b thapa_photoकाठमाडौँ, वैशाख ४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापालाई श्रद्धाञ्जलि अर्पण गर्न पार्टीका नेता तथा कार्यकर्ता एवम् शुभचिन्तक र आफन्तको थापा निवास मालीगाउँमा आज बिहानैदेखि घुइँचो लागेको छ । थापाको पार्थिव शरीर हिजो साँझा भारतको नयाँ दिल्लीबाट काठमाडौँ ल्याएलगत्तै थापा निवास मालीगाउँमा श्रद्धाञ्जलिका लागि राखिएको छ ।

उहाँको पार्थिव शरीरलाई बिहान ९ः३० बजेसम्म निवास र त्यसपछि पार्टी कार्यालय चाबहिलमा १२ बजेसम्म राखिनेछ । पार्टी कार्यालयको श्रद्धाञ्जलि सकिएलगत्तै सार्वजनिक श्रद्धाञ्जलिका लागि दिउँसो १ बजेदेखि दशरथ रङ्गशालामा राखिने पार्टीका सह प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ । पूर्व प्रधानमन्त्री थापाको भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार राति निधन भएको थियो ।यसैबीच आजै बिहान मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रधानमन्त्री कृतिनिधि विष्ट, नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदार, नेपालका लागि भारतीय राजदूत रञ्जित रे थापा निवास पुगी उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष लोकमानसिंह कार्की एवम् सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख मालीगाउँ जानुभई स्वर्गीय थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना