• १३ वैशाख २०८१, बिहिबार

शान्तदासलाई युद्धप्रसाद पुरस्कार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ८ गते  । अग्रज नेपाली बाल साहित्यकार एवं शिक्षासेवी शान्तदास मानन्धरलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार–२०७९ प्रदान गरिएको छ । काठमाडौँमा आयोजित ३३औँ युद्धप्रसाद मिश्र स्मृति दिवसका अवसरमा शान्तदासलाई सो पुरस्कार समर्पण गरिएको हो । 

प्रतिष्ठानका अध्यक्ष डा. फणीन्द्रराज निरौलाको अध्यक्षता र महासचिव नन्दु उप्रेतीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार, पूर्वमन्त्री माननीय रघुजी पन्तले वरिष्ठ बाल साहित्यकार एवं शिक्षासेवी शान्तदास मानन्धरलाई सम्मान गर्नुभएको थियो ।