• १२ वैशाख २०८१, बुधबार

‘साताभित्रै नयाँ राजनीतिक कोर्स’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ८ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन जतिबेला नै टुट्न सक्ने दाबी गर्नुभएको छ । 

अनेरास्ववियुको स्थायी कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै उहाँले राष्ट्रपतिको चुनावबाट गठबन्धनको भविष्यको टुङ्गो लाग्ने बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका कारण सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्ने बताउनुभयो । 

नयाँ राजनीतिक कोर्सका लागि एक साता मात्रै कुर्न आग्रह गर्दै उहाँले यसअघिको गठबन्धन संविधान रक्षकको भएको बताउनुभयो । मुख्य पद एउटै दलले लिएर मलुकमा राजनीतिक एकाधिकार हाबी गर्ने कुराको अन्त्य राष्ट्रपति निर्वाचनले गर्ने उहाँले उल्लेख गर्नुभयो ।