• १३ वैशाख २०८१, बिहिबार

एउटा मन्त्रालय लिएर जसपा सरकारमा

blog

नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिर । तस्बिरः गोरखापत्र

दिवाकर पोख्रेल

देउखुरी, फागुन ८ गते । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा)सहभागी भएको छ । जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको हो । 

यस अघि कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त भएका तुलसीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको छ । नवनियुक्त मन्त्री अहिरले आज सोमबार पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । 

लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको जसपाले माघ २८ गते मन्त्री मण्डल विस्तार हुँदा मन्त्रालय भागबन्डामा चित्त नबुझाएपछि सरकारमा सहभागी भएको थिएन । लुम्बिनी प्रदेशमा १० मन्त्रालयमा ११ मन्त्री भएका छन् । जसमा सरकारको नेतृत्व गरेको नेकपा एमालेबाट मुख्यमन्त्री सहित ५,माओवादी केन्द्रबाट तीन,जनमत,राप्रपा र जसपाबाट एक मन्त्री छन् ।