• ६ चैत २०८०, मङ्गलबार

धनकुटामा राष्ट्रपति रनिङ शिल्ड सुरु

blog

कोकिला भण्डारी

धनकुटा, फागुन ६ गते । जिल्लाको धनकुटा नगरपालिकामा नगरस्तरीय १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ धनकुटा नगरपालिका धनकुटाको संयोजन एवम् गोकुण्डेश्वर माध्यमिक विद्यालयको आयोजनामा खेलकुद सुरुभएको हो ।

शनिबारबाट तेस्रो धनकुटा नगरपालिका स्तरीय अन्तरमाध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भइरहेको छ । तेस्रो नगर स्तरीय माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन धनकुटा नगरपालिका नगर प्रमुख चिन्तन तामाङले गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख तामाङले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्त्व रहेको बताउनुभयो । 

उहाँका अनुसार खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वास्थ्य बनाउन पनि मद्दत गर्नेछ । प्रतियोगितामा माध्यमिक तहमा अध्ययन गरिरहेका विद्यार्थीको सहभागिता रहेको र प्रत्येक विधामा विजयी हुनेले शिल्ड, ट्रफी र प्रमाणपत्र पाउने छन् । धनकुटा नगरपालिका स्थित खेल मैदानमा सुरु भएको प्रतियोगिता भोलि ७ गतेसम्म सञ्चालन हुनेछ ।