• १६ चैत २०८०, शुक्रबार

बिस्फोट हुँदा एकको मृत्यु

blog

लीला झापाली
बिर्तामोड, फागुन ६ गते । झापाको बिर्तामोड ७ मा रहेको खरेल हाते कागज उद्योगमा लोक्ता पकाउने फलामको भाँडो विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका ७ का वडाध्यक्ष कृष्ण अविरल खरेलले सञ्चालन गर्नुभएको उद्योगमा शुक्रवार दिउसो १ बजेर १० मिनेटमा  विस्फोट भएको हो । लोक्ता भरिएको भाँडोमा आगो बलिरहेको अवस्थामा विस्फोट हुँदा त्यहीँ काम गर्ने कर्मचारी खोटाङ निवासी १९ वर्षीय  सरोज सुन्दासको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।  घाइते बन्नुभएका सुन्दासलाई उपचारका लागि मेची प्रादेशिक अस्पतालमा लगिएको र त्यहाँ दिउसो २ बजे सन्दासको मृत्यु भएको प्रहरीले जनाएको छ । 

विस्फोटबाट खरेलका दाजु लक्ष्मीप्रसाद र श्रीप्रसाद  घाइते हुनुभएको र उहाँहरूको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।