• ७ वैशाख २०८१, शुक्रबार

नेप्से परिसूचक २१.१५ अङ्कले गिरावट

blog

काठमाडौं, फागुन ४ गते । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि भएको चार कारोबारमा नेप्से परिसूचक ११२.२२ अङ्क घटेको छ ।

बिहीबार नेप्से परिसूचक २१.१५ अङ्क घटेर २०७०.४१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७० अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स १.४९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३७ अङ्कले घटेको छ ।

आज कारोबारमा आएका २६५ कम्पनीको ४७ लाख ४७ हजार कित्ता शेयर एक अर्ब ६८ करोड ४९ लाख ४२ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा आज नेप्से कारोबार रकम पनि गिरावट आएको छ । बुधवार एक अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको थियो ।

आज नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.९३ प्रतिशत घटेको छ । त्यस्तै, होटल तथा पर्यटन, वित्त, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

त्यस्तै, नेप्से परिसूचकमा गिरावट आए पनि सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य ७.६५ प्रतिशत बढेको छ । त्यस्तै,राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्य ५.२३ प्रतिशत बढेको छ । तर, यता युनिलिभर नेपालको शेयर मूल्य ५.९१ प्रतिशत घटेको छ । आजको कारोबारमा हिमालयन डिस्टिलरी कम्पनीको पाँच करोड ३८ लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।