• १५ चैत २०८०, बिहिबार

आइएमई पे र क्युएफएक्स सिनेमाजबीच सम्झौता

blog

आइएमई पे र क्युएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता । तस्बिर : आइएमई ग्रुप

काठमाडौं, फागुन ४ गते । आइएमई पे र क्युएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ । यस अफरअन्तर्गत ग्राहकवर्गहरूले क्युएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपियाँको फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सक्नुहुन्छ ।

यो अफर अवधिभर हरेक बुधबार खरिदमा मात्र लागू हुनेछ । अफरका लागि निर्दिष्ट गरिएका सर्त अनुसार प्रयोगकर्ताहरूले एक दिनमा एक पल्ट मात्र यो अफरअन्तर्गतको लाभ प्राप्त गर्न सक्नुहुनेछ  । त्यस पश्चात् प्रयोगकर्ताहरूले पुनः अर्को बुधबार मात्र सो अफरको फाइदा उठाउन सक्नुहुनेछ ।

साथै आगामी दिनहरूका लागि लाइभ भएको टिकटहरू पनि बुधबारका दिन खरिद गर्दा ग्राहकहरूले सो छुट पाउनुहुनेछ । यो अफर क्युएफएक्स सिनेमाजको ११ वटा हलहरूमा लागू भएको छ ।

काठमाडौंमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै आइएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले सो अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने धारणा पनि व्यक्त गर्नुभयो ।

त्यस्तै, क्युएफएक्स सिनेमाजका व्यापार विकास प्रमुख तृप्ति गिरीले आइएमई पेसँग आबद्ध भई यो अफर मार्फत मुभी प्रेमीहरूलाई सहज हुने र अझ बढी ग्राहकहरू आकर्षित हुने विश्वास व्यक्त गर्नु भयो ।