• १२ वैशाख २०८१, बुधबार

कांग्रेस सभापति देउवाद्वारा सांसद भण्डारीको स्वास्थ्य लाभको कामना

blog

काठमाडौं,  फागुन  ४ गते । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कीर्तिपुर अस्पतालमा उपचाररत  कांग्रेसका नेता एवम् सांसद  डा. चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

बुधबार राति ग्यास सिलिण्डर पड्किएर हरिकलाको शरीरको ७० प्रतिशत भाग र  सांसद चन्द्रकान्तको दुवै हात र  गोडा गरी २५–३० प्रतिशत जलेको अस्पतालले जनाएको छ ।

यसैबीच सभामुख देवराज घिमिरेले पनि अस्पताल पुगी उहाँहरूको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ । 

अस्पतालले हाल उपलब्ध साधन र स्रोतको अवस्थामा उहाँहरूको यथोचित उपचार स्वदेशमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र  स्थानान्तरण (सिफारिस) गरेको छ ।