• १२ वैशाख २०८१, बुधबार

घाइते हरिकला भण्डारीको अवस्था नाजुक

blog

काठमाडौं, फागुन ४ गते । ग्यास सिलिन्डर आगो सल्किँदा गम्भीर घाइते हुनुभएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको अवस्था नाजुक भएको छ ।  बुधबार राति एलपीजी ग्यास सिलिण्डरबाट ग्याँस चुहेर आगो सल्किँदा घाइते हुनुभएका नेपाली कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको स्वास्थ्यस्थिति नाजुक बनेको पारिवारिक स्रोतले बत्ताएको हो । उहाँ ८८ वर्षको हुनुहुन्छ ।

कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेको भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएको हो।