• १३ वैशाख २०८१, बिहिबार

डर्टमुन्डसँग चेल्सी पराजित

blog

चेल्सीविरुद्ध गोल गर्दै डर्टमुन्डका करिम एडियमी । तस्बिर : एएफपी

काठमाडौं, फागुन ४ गते । इङ्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वार्टर फाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग हार खेलेको छ । 

बुधबार राति भएको खेलमा चेल्सी घरेलु टोली डर्टमुन्डसँग १–० गोलले पराजित भएको हो । प्रतिस्पर्धात्मक खेलमा चेल्सीलाई हराउन डर्टमुन्डका करिम एडियमीले गोल गर्नुभयो । एडियमीले ६३औं मिनेटमा राफायल गुरेइरोको पासमा गोल गर्नुभएको थियो ।

चेल्सीले लगातार गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न सकेन । दुई टोलीबीचको दोस्रो लेग मार्च ७ तारिख चेल्सीको मैदानमा हुनेछ । अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिकाले बेल्जियन क्लब ब्रुगलाई उसैको मैदानमा २–० गोलले पराजित गरेको छ ।

बेन्फिकाको सहज जितमा जोआओ मारियोले ५१औं र डेभिड नेरेशले ८८औं मिनेटमा गोल गर्नुभयो । दोस्रो लेग मार्च ७ तारिख बेन्फिकाको मैदानमा हुनेछ । एजेन्सी