• ४ वैशाख २०८१, मङ्गलबार

नेता भण्डारीलाई उपचारका लागि भारत लगिँदै

blog

काठमाडौँ, फागुन ४ गते । ग्याँस सिलिन्डर विस्फोट भई घाइते हुनुभएका गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि भारतकाे मुम्बइ लगिने भएको छ । एयर कार्गोबाट उहाँलाई तत्काल दिल्ली लाने प्रक्रिया सुरु गरिएको डा. भण्डारीका सहयोगी भुवन भुसालले जानकारी दिनुभयो ।  

बुधवार राती करिब १० बजेतिर ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते हुनुभएका नेता र उहाँका आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो । उहाँहरू दुवै जना खतरामुक्त रहेको बर्न अस्पतालका चिकित्सक डा. किरण नकर्मीले जानकारी दिनुभयो । 

डा. नकर्मीका अनुसार डा. भण्डारीको शरीरको करिब ३० प्रतिशत र उहाँकी माताको ७० प्रतिशत शरीरको भाग जलेको छ । डाक्टर नकर्मीका अनुसार डा. भण्डारीको फोक्सोमा धुवाँ पसेको छ । 

अस्पतालमै रहनुभएका डा. भण्डारीका सहयोगी भुवन भुसालका अनुसार, सांसद भण्डारीको मुख, घाँटी र खुट्टामा जलेको छ । यसै गरी, उहाँकी ८८ वर्षीय आमा हरिकला भण्डारीको अवस्था भने गम्भीर छ ।