• १५ चैत २०८०, बिहिबार

एसइईमा तीन हजारभन्दा बढी सहभागी हुने

blog

बाबुराम शर्मा

दोलखा, फागुन ४ गते । आगामी चैत महिनामा सञ्चालन हुने ( एसइई ) माध्यमिक शिक्षा परीक्षामा दोलखाबाट तीन हजार ६५ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

आगामी चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने सो परीक्षामा जिल्लाबाट नियमिततर्फ तीन हजार ५५ जना र ग्रेड वृद्धितर्फ १० जना गरी तीन हजार ६५ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शङ्करबाबु श्रेष्ठले जानकारी दिनु भयो । 

उहाँका अनुसार जिल्लामा ८७ वटा सामुदायिक विद्यालय, ११ वटा संस्थागत विद्यालय र एउटा खुल्ला विद्यालय गरी ९९ वटा विद्यालयहरूबाट विद्यार्थीहरू सहभागी हुने छन् । 

एसइईका लागि यहाँका १९ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा मर्यादित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न केन्द्राध्यक्षहरुलाई तालिम दिने तयारी भइरहेको शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।