• ८ वैशाख २०८१, शनिबार

भारतसँग नेपालको रोचक बराबरी

blog

मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै नेपाल र भारतका खेलाडी ।

काठमाडौं, फागुन ४ गते  । खेलको अन्तिममा नेपालकी सावित्रा भण्डारीले सानदार गोल गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टोली र भारतबीचको मैत्रीपूर्ण खेल रोचक बराबरीमा सकिएको छ ।

चेन्नईमा बुधबार राति भएको खेलमा नेपाल र भारतले २-२ गोलको बराबरी खेलेका हुन् । जवाहरलाल नेहरु स्टेडियममा सुरुवातमा दुई गोलले पछि परेको नेपालले अन्तिममा उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा सकेको थियो ।

सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा भारतका लागि सौम्या गुगुलोथले ५६औं र इन्दुमथी काथिरेसनले ६८औं मिनेटमा गोल गर्नुभयो ।

त्यसपछि नेपालकी सावित्रा भण्डारीले ९०औं मिनेटमा पेनाल्टीमा र इन्जुरी समयमा अर्को गोल थप्दै टोललाई हारबाट जोगाउनुभयो । भारतकी स्विटी देवीले डिबक्स बक्सभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो।

नेपालले काठमाडौंमा गत भदौमा भएको महिला साफ च्याम्पियनसिपपछि भारतसँग पहिलो पटक मैत्रीपूर्ण खेल खेलेको हो ।दशरथ रंगशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले हराएको थियो ।

ओलम्पिक छनोट खेलको तयारीका लागि भारतले नेपाललाई दुई वटा मैत्रीपूर्ण खेलका लागि निम्तो दिएको हो । दुई टोलीबीचको दोस्रो खेल शनिबार हुनेछ ।