किमाथाङ्कामा बन्यो सिमा प्रहरी चौकी भवन

Kimathanka Bhawanध्यान कुलुङ

सङ्खुवासभा, बैशाख २ गते । जिल्लाको सीमा क्षेत्र किमाथाङ्कामा सीमा प्रहरी भवन निर्माण भएको छ । नवनिर्मित भवनको उद्घाटन गत मङ्गलबार पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआईजी माधबप्रसाद जोशीले गर्नुभयो ।

सो भवन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको ९९ लाख ३८ हजार ८४७ रूपैयाँको लागतमा निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हेलिकप्टरबाट भवन उद्घाटन गर्न आउनुभएका डिआईजी जोशीले प्रहरी सधैँ जनताको सुरक्षामा तैनाथ रहेको र समाजमा शान्ति सुरक्षा कायम गर्न स्थानीयले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

भवन निर्माण भएपछि सीमा प्रहरी चौकीलाई व्यवस्थित गर्न सहज हुने जिल्ला प्रहरी प्रमुख कमल थापाले बताउनुभयो ।

त्यस क्षेत्रमा भन्सार कार्यालय नभएको अवस्थामा भन्सार सुरक्षा गस्ति, चोरी निकासी नियन्त्रण जस्ता कार्यमा विशेष ध्यान दिइने डिएसपी थापाले बताउनुभयो ।

भवन निर्माण हुनु अघि प्रहरी चौकी गाविसको कार्यालयमा भाडा तिरेर बसेका थिए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना