• १६ चैत २०८०, शुक्रबार

लेबर रजिस्ट्रेसन कार्यक्रममा ४७४ योग्य

blog

काठमाडौँ, फागुन ४ गते ।  बहराइनमा रहेको नेपाली दूतावासले बहराइन सरकारबाट ल्याइएको लेबर रजिस्ट्रेसन कार्यक्रममा ४७४ जना नेपाली सहभागी हुनयोग्य रहेको जनाएको छ । 

दूतावासका अनुसार बहराइनले त्यहाँको श्रम बजार व्यवस्थित गर्न फेल्क्सी परमिटलाई विस्थापित गर्ने गरी ल्याइएको नयाँ कार्यक्रममा सहभागी हुन ४७४ जना योग्य रहेका छन् । उनीहरूमध्ये कतिपय कार्यक्रममा सहभागी हुन दर्ता भइसकेका छन् भने कतिपय बाँकी नै रहेका छन् । 

दूतावासका अनुसार आउँदो फागुन २० गते यो कार्यक्रममा सहभागी हुने मिति सकिँदै छ । योग्यता पुगेका र कार्यक्रममा सहभागी हुन बाँकी रहेकालाई तोकिएको केन्द्रमा गएर दर्ता गर्न अनुरोध गरेको छ ।बहराइनको लेबर मार्केट रेगुलेटरी अर्थोरिटीले  गएको डिसेम्बर ४ देखि लेबर रजिस्ट्रेसन कार्यक्रम ल्याएको हो ।

यो कार्यक्रममार्फत फेल्क्सी परमिट लिएर बहराइनमा काम गरिरहेका र गैरकानुनी रूपमा काम गर्ने प्रवृत्तिमा एकरूपता ल्याउने उद्देश्य राखेको दूतावासले जनाएको छ ।