• १६ चैत २०८०, शुक्रबार

निर्मला कुर्मीलाई न्याय दिने सहमतिपछि अधिकारकर्मीको आन्दोलन स्थगित

blog

महिला अधिकारकर्मीले निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै माइतीघरमा गरेको प्रदर्शन । फाइल तस्बिर

काठमाडौं, फागुन ३ गते। ४८ दिनदेखि आन्दोलनरत महिला अधिकारकर्मीले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन्।

विगत लामो समयदेखि निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गर्दै आएका उनीहरुलै तत्कालका लागि बुधवारबाट आन्दोलन स्थगित गरेका हुन्। 

मंगलबार सरकारसँग तीन बुँदे सहमति भएसँगै उनीहरूले आजबाट आन्दोलन स्थगित गरेका हुन्। सरकारसँगको सहमतिमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी जाहेरीसँग सम्बन्धित कसुरको अनुसन्धान गर्नको लागि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १२ बमोजिम विशेष अनुसन्धान टोली गठन गरेर गहन र विस्तृत अनुसन्धान गरी दोषीको मुद्दा चलाउने सहमति भएको हो। 

त्यस्तै आन्दोलनरत पक्षले अनुसन्धान प्रक्रियाको समीक्षा गर्नेगरी न्यायिक जाँचबुझ आयोग गठनको मागलाई तत्कालका लागि थाँती राख्दै हाललाई तेस्रो चरणको ४८ दिनदेखिको धर्नासहितको आन्दोलन स्थगित गर्ने र आन्दोलनरत पक्षका व्यक्तिको जिउ ज्यानको सुरक्षाको लागि सुरक्षा संयन्त्रको उचित समन्वय र प्रवर्द्धन गर्ने सहमति भएको छ। 

उहाँले निर्मला कुर्मीको न्यायका लागि यस पटक एसएसपीको नेतृत्वमा विशेष टोली बन्ने बताउनुभयो।