• ८ वैशाख २०८१, शनिबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि सांसदको प्रश्न

blog

नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी । फाइल तस्बिर

काठमाडौं, फागुन ३ गते । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाउनुभएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद भण्डारीले आयोगको कार्यसम्पादनमाथि नै प्रश्न उठाउनुभएको हो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम कार्डमा भ्रष्टाचार गर्नु अपराध हो भन्ने आवाज राखेको उल्लेख गर्दै त्यसरी आवाज सुनाउनुको ठाउँमा भ्रष्टचारीहरुको फाइल खोलेर कारबाही किन गर्न नसकेको भन्दै प्रश्न गर्नुभयो ।

अयोगलाई भ्रष्टाचारीमाथि अनुसन्धान गरी कारबाही गर्न कसले रोकेको हो ? उहाँले प्रश्न गर्नुभयो । सांसद भण्डारीले नेपालका नाटक चलिरहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘बिहान हामीले मोबाइलमा सुन्छौँ, भ्रष्टाचार गर्नु अपराध हो, अख्तियार अनुसन्धान आयोग । अख्तियार अनुसन्धानले फाइल खोजेर थुन्नलाई कसले रोकेको छ र दूरी राखेर बस्छ । त्यो के हो ? यो नाटक, के नाटक, केका लागि नाटक ? त्यसैले हामीले हाम्रो संसद्लाई विभिन्न विषयहरूको छलफलको थलो बनाउनुपर्छ ।’’

सांसद भण्डारीले संसद्लाई अबका दिनमा फरक तरिकाबाट जनमुखी नीति निर्माणको थलोका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।