ट्याक्सी दुर्घटनामा एकको मृत्यु, नौ घाइते

Taxi Durghatanaध्यान कुलुङ

सङ्खुवासभा, बैशाख २ गते । खाँदवारीमा बुधबार दिउँसो ट्याक्सी दुर्घटना हुँदा एक जनाकोे मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

खाँदवारीबाट वानातर्फ जाने क्रममा खाँदवारी–११ ढोलबाजेमा को१ज १९३९ नम्बरको ट्याक्सी दुर्घटना हुँदा वाना–७ का ५२ वर्षीय कल्पना दर्नालको ज्यान गएको हो ।

घाइते हुनेमा वाना–३ का २३ वर्षीया अञ्जना दर्नाल, धुपु–२ का २८ वर्षीय अनमोल दियाली, खाँदवारी–१ का ३६ वर्षीय कुमार खाती, खाँदवारी–६ की किता खाती, भोजपुर दिङ्लाका २५ वर्षीय गोपाल विक, सित्तलपाटी–१ का २८ वर्षीया मिना विक, खाँदवारी–२ का २१ वर्षीया कोमिता श्रेष्ठ, वाना–३ का २२ वर्षीया सिर्जना दर्नाल, सित्तलपाटी–५ का ३१ वर्षीय जितेन विक, सित्तलपाटी–१ का पाँच वर्षीय प्रवेश विक र खाँदवारी–९ की हकिना ठटाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये कुमार खाती र किता खातीको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पताल प्रमुख मदनकुमार उपाध्यायले बताउनुभयो । अन्य बिरामीको उपचार खाँदवारीस्थित जिल्ला अस्पतालमा भइरहेको बताइएको छ ।

विपरित दिशावाट आइरहेको ट्याक्सीलाई बाटो दिने क्रममा उक्त गाडी सडकबाट दश मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्याक्सीका चालक प्रहरी नियन्त्रणमा रहेको डिएसपी कमल थापाले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना