• १३ वैशाख २०८१, बिहिबार

भीरबाट लड्दा ७३ वर्षीय बृद्धको ज्यान गयो

blog

राधा लुइटेल

फिदिम, फागुन ३ गते । पाँचथरमा भीरबाट लड्दा बृद्धको ज्यान गएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ७  स्थित भीरबाट लड्दा ७३ वर्षीय हस्तबहादुर लिम्बूको ज्यान गएको हो ।

मोरङको लेटाङ नगरपालिका ८ खैरेनी निवासी लिम्बू ३५ बर्षीय श्रीमती सरिता लिम्बू र २ जना छोराछोरी सहित पाँचथर ससुराली घर आउने क्रममा माघ २९ गते भीरबाट लड्नुभएको थियो । भीरबाट लडेका हस्तबहादुरको मंगलबार विहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईले जानकारी दिनुभयो ।

घट्नाका विषयमा श्रीमतीले २ दिन ढिला गरी मंगलबार बिहान मात्रै प्रहरीमा निवेदन दिएको पनि राईले बताउनुभयो । जानकारी पाए लगत्तै प्रहरी चौकी खान्द्रोङबाट खटेका प्रहरी र स्थानीयले खोजी गर्दा हस्तबहादुरलाई भीरबाट लडेर मरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

लिम्बूको शव मिक्लाजुङ ६ खोलागाउँ नजिकको जंगलमा पर्ने पैदल मार्गको भीरदेखि ५सय मिटर टाढा भेटिएको राईको भनाई छ । कानूनी प्रकृया पुरा गरी लिम्बूको शब आफन्तलाई बुझाउनसँगै  घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।