जेठ २ गते मातृभाषा पत्रकारिता सम्मेलन हुने

nripendra_1

गोरखापत्र समाचारदाता-
काठमाडाँैं, वैैशाख ३० गते । संघीय संरचनामा मातृभाषाको पत्रकारितालाई राज्यले प्रर्वद्धन गर्ने नीति तर्जुमाको लागि आउँदो जेठ २ गते राजधानीमा मातृभाषा पत्रकारिता सम्मेलन हुने भएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गर्ने सम्मेलनमा नेपालभाषालगायत विविध भाषाको पत्रकारिताको इतिहास, समस्या र समाधानलगायतको विषयमा कार्यपत्र प्रस्तुत हुने कुरा शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
राज्यले गर्नुपर्ने कार्यहरू समेटिएको कार्यपत्र प्रस्तुत गरिने पत्रकार दबूका उपाध्यक्ष एवं श्रेष्ठले पत्रकार भेटघाटमा जानकारी दिनुभयो । सम्मेलनमा प्रस्तुत कार्यपत्रलाई समेटिएर पुस्तक प्रकाशन गर्ने पनि दबूले जनाएको छ ।
सञ्चार क्षेत्रको पुनःसंरचना गर्दा समावेशी पत्रकारिता र त्यसको एक मुख्य आधारको रूपमा मातृभाषाको पत्रकारिता फस्टाउने, प्रर्वद्धन गराउने नीति तय गराउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको कार्यक्रम संयोजक नृपेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल संवत् १०४५ (वि.सं. १९८२) बुद्ध जयन्तीको दिन भारतको कलकत्ताबाट धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)ले बुद्ध धर्म र नेपालभाषा नामक पत्रिका प्रकाशन गरेपछि नेपालभाषाको पत्रकारिता शुरुआत भएको थियो ।
तीन वर्षअघि देखि उहाँको जन्मजयन्तीलाई मातृभाषा पत्रकारिता दिवसका रुपमा मनाउन थालिएको पृष्ठभूमिमा सम्मेलन गर्न लागेको पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds