मानसरोवर कैलाश यात्रा भारतीय पर्यटक आउन सुुरु


राजन रावत

सिमकोट, वैशाख ३० गते । पवित्र धार्मिक स्थल मानसरोवर कैलाश जाने भारतीय पर्यटक आउन सुुरु भएको छ । सो क्षेत्रमा जाने सिजन सुुरु भएकाले शनिबार मात्र ६२ जना भारतीय धार्मिक पर्यटक आएका छन् ।
गत वर्षभन्दा एक हप्तापछि मान सरोवर कैलाश जाने पर्यटक आउन सुुरु भएको हुम्ला रिसोर्ट एन्ड स्पाका म्यानेजर पेमा लामाले बताउनुु भयो । उहाँले शनिबार मात्र ६२ जनाले सिमकोट आइपुगेको र उनीहरूमध्ये १८ जना शनिबारै मानसरोवर कैलाशतर्फ लागेको बताउनुु भयो ।
अब भारतीय धार्मिक पर्यटकहरू असोजसम्म निरन्तर आउने भएका छन् । यसै वर्षबाट सञ्चालनमा आएको स्पासँग आठवटा एटेच बाथरूपम भएको कोठा भएको र ४० जनालाई बास बसाउन सकिने उहाँले बताउनुु भयो । यस वर्ष मानसरोवर कैलाशका लागि करिब १२ हजार पर्यटक आउने म्यानेजर लामाले बताउनुु भयो । जसमा म्यानेजर लामाको होलमा एक हजार दुुई सय पर्यटकहरूलाई नाइट स्टे दिइने भएको छ ।
यस वर्षको पाँच महिनाका लागि भारतीय पर्यटक जिल्लामा आउने समय सुुरु भएसँगै विभिन्न टे«किङ ऐजेन्सीले सदरमुकाम सिमकोटमा रहेको होटेलहरूसँग पर्यटकहरूको नाइट स्टेका लागि सम्झौता प्रक्रिया अगाडि बढाइरहेको मानसरोवर होटेलका सञ्चालक चीनबहादुर रावतले बताउनुु भयो । humala paryatak
पाँच करोड लगानीमा होटेल निर्माण गरी गत वर्षबाट सञ्चालनमा आएको सो होटेलसँगै यस वर्ष ओझा होलिडे, टे«क सोसाइटी, कैलाश ट्रेक, सम्राट ट्रेक र मल्टी रोसा समेतले गर्दा चार हजार पर्यटकलाई नाइट स्टे दिने सञ्चालक रावतले बताउनुभयो । उक्त होटेलसँग एक रातमा ८० जनलाई नाइट स्टे दिने क्षमता रहेको छ । यता सन भ्याली रिसोर्टसंँ पनि चार हजारकै हाराहारी पर्यटक राख्नका लागि ट्राभल एजेन्सीहरूले सम्पर्क गरिरहेको सो रिसोर्टका प्रतिनिधि निमा लामाले बताउनुभयो । यता गत वर्षबाट सञ्चालनमा आएको सिमकाटको अर्को सुविधा सम्पन्न होटेल कैलाशसँग पनि यस वर्ष एक हजार पर्यटकका लागि नाइट स्टे गर्न सम्झौता गर्न लागिएको सो होटेलका सञ्चालक रिन्जिन लामाले बताउनुभयो । गत वर्ष १२ हजार पाँच सय पर्यटक आउँदा सिमकोट र हिल्साको होटेलहरूले लाखौं कमाएको र यस वर्ष सो सङ्ख्या पनि सोही भएकाले होटेलले कमाउने निश्चित छ । हिल्सा र सिमकोटका भरियाले पनि राम्रै आम्दानी गर्ने लामाले बताउनुुभयो । सिमकोटमा एक रात नाइट स्टे तीन छाक खाना र चिया गरेर दुुई हजार चार सय प्रति पर्यटकबाट होटेलहरूले लिने गरेका छन् ।
शुुक्रबारबाटै मनाङ र माउन्टेनका दुुईवटा हेलिकोप्टर सिमकोट विमानस्थलमा नाइट स्टेमा रहेका छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds