• १२ वैशाख २०८१, बुधबार

विज्ञान मेला अवलोकन गर्नुहुँदै सञ्चारमन्त्री शर्मा

blog

सिराज खान

बाँके, फागुन २ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको विज्ञान मेला उद्घाटन गरेपछि अवलोकन गर्नुभएको छ। 

नेपालगन्ज रङ्गशालामा हिमालयन साइन्स फाउन्डेसनद्वारा मंगलबार आयोजना गरिएको सो मेलामा उहाँले अभिरुचिपूर्वक विभिन्न स्टल अवलोकन गर्नुभएको हो । दुई दिनसम्म चल्ने मेलामा विभिन्न विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीद्वारा बनाइएका विज्ञान र प्रविधिसम्बन्धी ५० भन्दा बढी स्टल छन् ।