निरौला टिन प्रिन्सेज डिभा, महर्जन लिटिल प्रिन्सेज

miss teen

गोरखापत्र समाचारदाता–
काठमाडौं । तेश्रो टिन प्रिन्सेज डिभाको उपाधि रोसिका निरौलाले जित्नुभएको छ । काठमाडौंको राष्ट्रिय नाचघरमा सम्पन्न तेश्रो टिन प्रिन्सेज डिभा २०१८मा निरौलाले बेस्ट ड्रेसको पुरस्कार समेत हात पार्नुभयो ।
१३ देखि १५ वर्ष उमेर समूहको टिन प्रिन्सेज डिभामा महिमा बज्राचार्य दोश्रो हुनुको साथै बेस्ट ट्यालेन्टको अवार्ड जित्नुभयो । त्यसैगरी, आइसा राई तेश्रो हुनुभयो ।
सोही कार्यक्रमै आठौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज २०१८ लिटिल प्रिन्सेजको उपाधी सुप्रिया महर्जनले जित्नुभयो  । त्यसैगरी, लिटिल प्रिन्सको उपाधी नमन मित्तलले जित्नुभयो ।
लिटिल प्रिन्सेजतर्फ प्राप्या पोखरेल दोश्रो र प्राश्ना गिरी तेश्रो हुनुभयो । त्यसैगरी लिटिल प्रिन्सतर्फ सुसान्त सुवेदी दोश्रो र जेनिस श्रेष्ठ तेश्रो हुनुभयो ।
बेस्ट ट्यालेन्ट र बेस्ट ड्रेसको दुबै पुरस्कार प्राप्तिका तामाङले जित्नुभयो । प्रतियोगीतामा नौदेखि १२ वर्ष उमेर समूहका २१ वालवालिका सहभागीता हुनुभएको थियो ।
दुवै प्रतियोगीताका उपाधि विजेताहरुले अन्तर्राष्ट्रिय स्पर्धामा समेत भाग लिन पाउने भएका छन् । नेपाल बाहिर आयोजना हुने स्पर्धामा भाग लिन जाने अवसर रहने कुरा आयोजक संस्थाका निर्देशक राज फैजुले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds