एक करोड मुल्य पर्ने सुन्तला निकासी

Orangeपाल्पा, मङ्सिर २२ गते । जिल्लाको पश्चिमी भेगको छहरास्थित अमलाबास गाउँबाट एक करोड मुल्य पर्ने सुन्तला निकासी भएको छ । गाउँका सबै किसानको बगैंचाबाट सुन्तला बिक्री गरेर अमलाबासका गाउँलेले मात्र वर्षमा एक करोड मुल्य पर्ने सुन्तला बेच्ने गरेका छन् । 

व्यावसायिक रुपमा सुन्तला खेतीमा लागे पछि यहाँका किसानले एक करोड मुल्य पर्ने सुन्तला निकासी गर्न सफल भएका छन् । सुन्तला, जुनार, अमिलो जस्ता फलफुलबाट गाउँलेले एक वर्षमा करोड आम्दानी गर्ने स्थानीय सुन्तला किसान नित्यानन्द पोखरेलले बताउनुभयो ।
अमलाबास गाउँभित्र रहेका ३५ घरधुरी सबैले मकै खेती छाडेर सुन्तला, जुनार, अमिलो खेती गरेका छन् । ३५ घरपरिवार मध्ये १० घरपरिवारले सुन्तला बिक्री गरेर वार्षिक चार लाख भन्दा बढी र अन्य २५ परिवारले वार्षिक एक लाख देखि दुई लाख रुपियाँसम्म आम्दानी गर्छन् ।
अहिले यहाँका किसानले एक घरले ५० देखि सात सय सुन्तलाका बिरुवाबाट आम्दानी लिईरहेको उनीहरू बताउँछन् । यसैगरि जुनार, मुन्तला, अमिलो खेतीले पनि यहाँका किसानलाई आम्दानी दिईरहेको छ भने यहीबाट वार्षिक ५० हजार बढी सुन्तलाका बिरुवा बाहिरी जिल्लामा जाने गरेको छ । किसानले घरमा भएको सुन्तलाको एक बोटले कम्तीमा ३० किलोदेखि डेढ क्वीण्टलसम्म दाना दिइककरहेको छ ।
सुन्तला तथा जुनारको बजार भाउ राम्रो भएकाले पनि किसानको आम्दानी बढेको उनीहरूको भनाई छ । यहाँका किसानले उत्पादन गरेको सुन्तलाजन्य फलफुल तानसेन तथा बुटवलका बजारमा प्रतिकिलोको थोकमा ३० देखि ४० रुपियाँ बगैंचाबाटै बिक्री गरेको विष्णुमाया भण्डारीले बताउनुभयो ।
वि.स. २०४२ सालदेखि केही किसानले दुई÷चार वटा सुन्तलाका बोट ल्याएर सुन्तला खेती सुरु गरेका यहाँका किसानले २०५५ सालदेखि व्यावसायिक खेती थालेका हुन् । पहिले एक दुई घरले मात्र व्यावसायिक खेती थियो भण्डारीले भन्नुभयो आम्दानी राम्रो भएपछि सबैले मकै नलगाई सबैले सुन्तला, जुनार तथा अन्य फलफुल लगाउन थाले । मकैं खेतीबाट हुने आम्दानीको तुलनामा दश गुणा सुन्तला खेतीबाट फाइदा लिन सकेको उहाँले बताउनुभयो ।
सुन्तला खेतीबारेमा तालिम तथा शिक्षा नलिए पनि यहाँका किसानहरू अहिले सुन्तला खेतीमा पोख्त भईसकेका छन् । सुन्तला खेती कसरी गर्ने कसरी फाइदा लिन सकिन्छ भनेर १५ देखि २० वर्षसम्मको अनुभवले राम्रो पाठ सिकाएको उनीहरूको भनाई छ ।
अहिले जीप तथा बसको हुट(क्यारियर) हटाउदा भने सुन्ताला किसान मर्कामा परेका उनीहरूको गुनासो छ । गाउँमा उत्पादन भएको सुन्तला बजारसम्म ल्याउनका लागि सवारी पाउन मुस्किल हुँदा समस्या भएको किसानको गुनासो छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना