• १६ चैत २०८०, शुक्रबार

गायक करण राईको गीत 'चङ्गा'

blog

काठमाडौं, माघ २४ गते । 'द भ्वाइस अफ नेपाल' सिजन ४ का विजेता गायक करण राईको पहिलो आधिकारिक गीत 'चङ्गा' सार्वजनिक भएको छ । गायक राईले आफ्नै युट्युब च्यानल करण राईमार्फत गीत सार्वजनिक गर्नुभएको हो ।

गीतको भिडियोमा अभिनेता दयाहाङ राई, असीम सुब्बा, सङ्गीता थापालगायत कलाकारको अभिनय छ । गीतमा निर्देशक, कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द छ। देवेश राईको सङ्गीत रहेको गीतमा मिक्सिङ, मास्टरिङ पनि देवेशकै छ ।

यस्तै, म्युजिक भिडियोलाई अनिल सुब्बाले निर्देशन गर्नुभएको हो ।