• ८ वैशाख २०८१, शनिबार

न्यु डायमण्ड र एपीएफ फाइनलमा

blog

काठमाडौं, माघ २३ गते । राजधानीमा जारी छैठौं संस्करणको केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगितामा न्यु डायमण्डले अपराजित यात्रालाई तेस्रो खेलमा निरन्तरता दिँदै फाइनलमा पुगेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको लिगको चरणको अन्तिम खेलमा न्यु डायमण्डले विभागीय टोली एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो । 

न्यु डायमण्डले २५–२१, २५–१९, २१–२५, २५–२१ को जित निकालेको हो । न्यु डायमण्ड नौ अंक जोड्दै शीर्षस्थानमा रह्यो । ६ अंक बनाएको एपीएफ उपविजेता बन्दै फाइनलमा पुगेको हो ।