• १६ चैत २०८०, शुक्रबार

प्रधान सेनापतिद्वारा सामूहिक तालिमको निरीक्षण

blog

काठमाडौं, माघ २३ गते । प्रधानसेनापति प्रभुराम शर्माले उपत्यका पृतना हेडक्वार्टर अन्तर्गत फौजहरू सम्मिलित भई ललितपुर जिल्ला, लेलेमा सञ्चालन भइरहेको सामूहिक तालिमको सोमबार निरीक्षण गर्नुभएको छ । 

हाल नेपाली सेनाका विभिन्न युनिटहरू आआफ्नो जिम्मेवारी इलाकाहरूमा सामूहिक तालिमको क्रममा छन् । निरीक्षणको दौरान प्रधान सेनापति शर्माले तालिमका विविध पक्षहरूका बारेमा जानकारी लिनुका साथै सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो ।