• १२ वैशाख २०८१, बुधबार

भेरी रकर्स र नेपालगन्ज मोडेल एकेडेमीको सहज जित

blog

गोरखापत्र समाचारदाता 

नेपालगन्ज, २३ माघ । सद्धाव अन्सारीले ९७ रनको योगदान गरेपछि नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा भेरी रकर्सको पुरुष टिमले सानदार जित हासिल गरेको छ । 

सोमबार मङ्गलप्रसाद उच्च माविको खेल मैदानमा भेरी रकर्सले बाँके बारियर्सलाई एक सय ६२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको भेरी रकर्सले २० ओभरमा तीन विकेटको नोक्सानीमा दुई सय ४६ रन जोडेको थियो । जवाफमा बाँके वारियर्सका खेलाडीले १३ ओभमा ८४ रन बनाएर अलआउट भएका थिए । 

यसैगरी महिलातर्फको खेलमा नेपालगन्ज मोडेल एकेडेमीले चन्द्रमेवालाल स्कुललाई सहजै १० विकेट पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको चन्द्रमेवालालले १४.४ ओभरमा १० विकेटको क्षतिमा ४० रन बनाएको थियो । जवाफमा नेपालगन्ज मोडेलले ३.२ ओभरमा विना विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । 

बाँके जिल्ला क्रिकेट सङ्घले आयोजना र नेपालगन्ज उप–महानगरपालिको आर्थिक सहयोगमा भइरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर (महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ । 

प्रतियोगिताको पुरुष तर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । महिला तर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपियाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।